स्वर्गीय तेज दमाईको परिवारलाई सिवाईसि मेलौलीले दियो मृत्यु राहत

बैतडी : सिवाईसि नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा मेलौलीले स्वर्गीय तेज दमाईको परिवारलाई मृत्यु राहत उपलब्ध गराएको छ। मेलौली नगरपालिका–०१ निवासी स्वर्गीय दमाईका परिवारलाई मृत्यु राहत हस्तातरण गरिएको शाखा प्रमुख मजोज भाटले जानकारी दिनुभयो।

सुन्दरता आत्मनिर्भर महिला केन्द्रकी सदस्य रेशमा दमाईका श्रीमानको फागुन ७ गते अचानक निधन भएको थियो। बुधबार दमाईको घरमै गएर मृत्यु राहत हस्तातरण गरिएको हो। १२ हजार ५ सय मृत्यु राहत हस्तातरण गरिएको शाखा प्रमुख भाट्ले बताउनुभयो।

“सिवाईसी जन्मदा नि घरमा, मर्दा नि घरमा र सिवाईसी हजुरहरुका साथमा” नाराका साथ सहयोग गर्दै आईरहेको छ।

Leave A Reply

Your email address will not be published.