बुद्धिजीवी परिषद बैतडीको अध्यक्षमा पदमराज अवस्थी

बैतडी –नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्ष पदमराज अवस्थी चयन भएका छन् । शनिबार सम्पन्न भएको परिषदको छैटौं जिल्ला अधिवेशन पुनः अवस्थीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

उक्त समितिको उपाध्यक्षमा जयराज भट्ट, सचिवमा भीमसिंह धामी, सहसचिवमा नरेन्द्र बोहरा, कोषाध्यक्षमा हेमा केसी लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

तीन बर्षे कार्यकालका लागि परिषदको नयाँ कार्यसमिति चयन भएको हो । यसअघि पाचौं अधिवेशनबाट पनि पदमराज अवस्थी नै नेपाल बुद्धिजीवी परिषद बैतडीको अध्यक्षमा चयन भएका थिए ।

Leave A Reply

Your email address will not be published.