मेलौली न्यूज
चैत १९ शनिबार,२०७८
बैैतडी–आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले वडा तहमा उम्मेद्वार छनौट गर्न थालेको छ । मेलौली नगरपालीका–०४ मा वडा अध्यक्ष पदको लागी तारा चँन्दलाई उम्मेद्धार बनाउने निणर्य भएको जनाईएको छ ।
वडा कार्य समितिको बैठकले चँन्दलाई वडा अध्यक्ष पदका लागि उम्मेद्वार बनाउने निर्णय गरेको मेलौली नगरपालीका नगर उप–प्रमुख राधा कुमारी ओझाले बताउनु भएको छ ।
यसैगरि वडा कार्य समितिको बैठकले वडा सदस्य पदको लागी गोरख बहादुर चँन्द, शकंर भाट, लक्ष्मी चँन्द र सुनि बिकलाई उम्मेद्वार बनाउने निणर्य गरिएको उनले बताउनु भएको छ ।