डोटीको सेती नदीमा एक बालक बेपत्ता

डोटी-जिल्लाको दीपायल–सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा १० वर्षीय बालक बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीले रमेश विकका छोरा अमित मङ्गलवार दिउँसो झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका बताएको छ।

प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सात जनाको प्रहरी टोली घटना स्थलमा खटिएको छ। प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ।

Leave A Reply

Your email address will not be published.