डडेल्धुरा : महालेखापरिक्षक को कार्यालयले सार्वजनिक गरेको ६२ औं प्रतिवेदन अनुसार डडेल्धुराको अजयमेरु गाउँपालिका सुदूरपश्चिमभरमा बेरुजु कम हुने स्थानीय तह मध्ये गाउँपालिका अन्तरगत पहिलो भएको छ।
बुधबार सार्बजनिक भएको प्रतिवेदन अनुसार सुदूरपश्चिमका ८८ वटा पालिका मध्येमा अछामको पञ्चदेवल विनायक नगरपालिका पहिलो भएको छ भने अजयमेरु गाउँपालिका दोश्रो भएको हो। पञ्चदेवल विनायकको ०।२७ प्रतिसत बेरुजु सहित सुदूरपश्चिममा पहिलो र अजयमेरुको ०।३१ प्रतिसर सहित दोश्रो स्थानमा रहेको प्रतिवेदनले उल्लेख छ।
महालेखाले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार डडेल्धुराका स्थानीय तहहरुको बेरुजु यस्तो छ! अजयमेरु गाउँपालिका ०।३१ प्रतिसत, अमगरगढी नगरपालिकाको १।२८ प्रतिसत, परशुराम नगरपालिकाको ०।४७ प्रतिसत, आलिताल गाउँपालिकाको ०।६४ प्रतिसत, गन्यापधुरा गाउँपालिकाको १।०१ प्रतिसत, नवदुर्गा गाउँपालिकाको १।७९ प्रतिसत र भागेश्वर गाउँपालिकाको ०।९२ प्रतिसत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ।
यसपटक काभ्रे जिल्लाको महाभारत गाउँपालिका ७५३ स्थानीय तहहरूमध्येबाट शून्य बेरुजुमा पर्न सफल भएको छ। आर्थिक पारदर्शिता, सुशासन र उत्तरदायित्वपूर्ण कार्यसम्पादनमा वित्तीय व्यवस्थापनको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै शून्य बेरुजु पालिकाको रूपमा आफ्नो स्थान सुरक्षित गरेको हो।