काठमाडौँ—आईपीएल विजेता टिम रोयल च्यालेन्जर्स बैंगलोर ९आरसीबी० को विजय जुलुसमा भागदौड हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय संचारमाध्यमले मृत्युको संख्या यो भन्दा बढ्न सक्ने भनेका छन् ।
इन्डियन एक्सप्रेसले भागदौडमा १५ घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको लेखेको छ । बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमन नजिकै भएको विजय जुलुसमा यस्तो घटना भएको हो । कर्नाटकका मुख्यमन्त्री सिद्धारमैया घाइतेलाई भेट्न अस्पताल जाने तयारीमा छिन् ।
विजेता टिम तोकिएको समयभन्दा केही ढिला गरेर चिन्नास्वामी स्टेडियममा पुगेको थियो । टोली पुग्नासाथ भीडले आरसीबी, आरसीबी र कोहली, कोहली भनेर नारा लगाएका थिए । विराटले समर्थकहरुतिर हेर्दै ट्रफीलाई चुमेका थिए ।