बैतडीमा बाल विबाह अन्त्यका स्थानिय तहसंगको समुन्वयत्मक बैठक सम्पन्न

बैतडी-बैतडीमा बालविवाह अन्त्यका लागि स्थानिय तहसंगको समुन्वयत्मक बैठक सम्पन्न भएको छ ।पिसविन नेपाल र मेलौली नगरपािलकाको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा मेलौली नगरपालिका नगर प्रमुख भीम बहादुर चन्द भुकम्पको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा मेलौली नगरपलिकाका उपप्रमुख पार्वती बोहरा विष्ट,विभिन्न वडाका वडा अध्यक्ष पालिकाका शाखा प्रमुख स्थानीय बाल क्लब र ‘रुपान्तरण समूह’का बालबालिकाहरूको उपस्थिति रहेको पालिका संयोजक कृष्ण दत्त भट्टले बताउनुभयो ।

कार्यक्रमका पालिका संयोजक भट्टले बाल विवाह हानिकारक अभ्यासको रूपमा व्याख्या गर्दै, ती विरुद्धका कानुनी प्रावधानहरूबारे सहभागीहरूलाई जानकारी गराउनुभयो ।गाउँगाउँमा किशोरकिशोरी समूह गठन गरेर बालविवाह अन्त्यका लागि प्रयास भईरहेको उनले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख भीम बहादुर चन्द भुकम्पले बाल विवाहलाई सामाजिक अपराध भन्दै विशेषगरी किशोर किशोरीहरूलाई सचेतना फैलाउने अभियानमा संलग्न हुन आह्वान गर्नुभयो। मेलौली नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनैतिक योजना बनाईसकेको पनि नगर प्रमुख चन्दले बताउनुभयो ।

बालविवाह अन्त्यका लागि बाल क्लब र रुपान्तरण समूहका बालबालिकाहरूको सक्रियता बढाउनका लागी मेलौली नगरपालिकाले आगामी आर्थिकमा पाँच लाख रुपैया विनियोजन समेत गर्ने बताउनुभयो।बैतडीमा बालविवाह अन्त्यका लागि संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपीए), पिसविन,नेपाल रेडक्रस सोसाइटी लगायतका गैरसरकारी निकायहरुले पनि प्रयास गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.