बैतडी-डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नं-६ लाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।वडा न-६ का वडा अध्यक्ष हरि सिंह भण्डारीको अध्यक्षतामा मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको राजुल आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख भुवन पन्तले बताउनुभयो ।
पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत् घरधुरी सर्वेक्षण समेत गरिएको पन्तले बताउनुभयो ।
अजयमेरु गाउँपािलका वडा.नं-६ का वडाध्यक्ष हरि सिंह भण्डारीले आफ्नो वडाका बालबालिकाको स्वास्थ्य प्रवद्र्धन र आधारभूत खोपको सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।बालबालिकाको स्वास्थ्यका विषयमा अभिभावकको चासो पनि उत्तिकै महत्वपूर्ण हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।
साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका अध्यक्ष भण्डारीले बालबालिकालाई आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने हरेक अभियानमा महिला स्वयंसेविकाको भूमिका उल्लेखनीय हुने गरेको पनि बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्थानीय राजनीतिक दलहरू, नागरिक समाज लगायतकोको सहभागीता रहेको थियो ।