उद्योग मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउदै

बैतडी : नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन्। बुधबार मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको छ।

नेकपा एमाले बैतडीका अध्यक्ष नरेस बिकका अनुसार बिहिबार नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुनेछन्। त्यसअघि बिहीबार नै दोगडाकेदार गाउपालिकाको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा सहभागी हुने पनि जनाइएको छ।

Leave A Reply

Your email address will not be published.