मेलौलीको शितलपुर मावि एसईई नतिजामा सतप्रतिसत सफल, शिक्षक अभिभावक खुसी

बैतडी : मेलौली नगपालिका–०१ मा रहेको शितलपुर माध्यमिक विद्यालय एसईई नतिजामा सतप्रतिसत सफल भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनीक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा सतप्रतिसत सफल भएको हो।

विद्यालयबाट ३३ जना विद्यार्थीले परीक्षा दिएकामा सबै सफल हुनुभएको विद्यालयका शिक्षक नरेशसिंह नेगाीले बताउनुभयो। शिक्षकहरुको अथक प्रयास र विद्यार्थीहरुको रातदिनको मेहनतले शितलपुर माध्यमिक विद्यालय सतप्रतिसत नतिजा ल्याउन सफल भएको शिक्षक नेगीले जानकारी दिनुभयो।

भौतिक अवस्था कमजोर तथा आवश्यक्ता अनुसारका शिक्षकहरुको अभावमा समेत विद्यालयले सतप्रतिसत नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ। अतिरिक्त क्रियाकलापहरुमा समेत अब्बल रहेको शिलतपुर मावि पछिल्लो समय शैक्षिक गतिबिधिहरुमा पनि सफल हुदैं गईरहेको छ।

विद्यालय आर्थीक र भौतिक अवस्थामा कमजोर रहेकाले सम्बन्धित निकायहरुले ध्यानदिनुपर्ने शिक्षक नेगीले बताउनुभयो। विद्यालयमा शिक्षक दरबन्दी र शैक्षिक सामग्रीको अभाव तथा आन्तरिक स्रोतबाट शिक्षक ब्यबस्थापन गर्नुपर्ने बाध्यता रहेको छ। विद्यालयको आन्तरिक स्रोत समेत नभएकाले स्थानिय सरकारले विद्यालयलाई कम्पुटर शिक्षणका लागि नगर अनुदान प्रदान गरिदिन विद्यालयले आग्रह गरेको छ।

शितलपुर मावि नगरपालिका प्रथमसहित सतप्रतिशत नजिजा र बैतडी जिल्लामा छौटौ नम्बरमा रहेको छ। ३ः७९ जिपिए ल्याएर शितलपुर माविका विद्यार्थी प्रशान्तसिंह बिष्ट नगरपालिकाकै उत्कृष्ट भएका छन।

Leave A Reply

Your email address will not be published.