भारतले धौलीगंगा बाँध खोल्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी: भारतको धारचुलामा रहेको धौली गंगा बाँधको ढोका खोलिएको छ। धौलीगंगा पावर स्टेशनको जलाशयमा पानी अत्यधिक भएकाले सिल्ट सरसफाइका लागि आकस्मिक रुपमा बाँध खोल्नुपरेको भारतीय पक्षले जनाएको छ।

बिहीबार राति डेढ बजेतिर खोलिएको बाँध शनिबार दिउँसोसम्म खुला रहने धौली गंगा पावर स्टेशन एनएचपीसीले जनाएको छ। धौलीगंगा बाँधको ढोका खोलिएका महाकाली नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बाँधको ढोका खोलिएका कारण महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रका नागरिकहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो।

दार्चुला र बैतडीका महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकहरुलाई तटीय क्षेत्रमा नजान आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.