पाटनमा भएको तालाबन्दीको विषयमा छानबिनको माग गर्दै एमालेद्वारा सिडीओ समक्ष ज्ञापन पत्र

बैतडीको पाटन नगरपालिकामा भएको तालाबन्दी सम्बन्धि जोडिएका विषयमाथि छानबिनको माग गर्दै नेकपा एमालेले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र पेश गरेको छ। नेकपा एमालेको नगर कमिटीले प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलसमक्ष ग्यापन पत्र पेश गर्दै तालाबन्दीको विषयमा छानबिनको माग गरेको हो।

एमाले नगरकमिटी अध्यक्ष धर्मराज भट्टद्वारा हस्ताक्षरीत ज्ञापन पत्रमा सत्यतथ्य छानबिनको माग गरिएको छ। आर्थिक वर्षको अन्त्यमा बजेट फर्च्यौट गर्ने क्रममा बिना कागजात भुक्तानी भएको, आर्थिक अनियमितता भएको भन्दै उपप्रमुखको नेतृत्वमा गरिएको तालाबन्दीप्रती ध्यानाकर्षण भएको एमालेले जनाएको छ।

जनप्रतिनिधिहरुले नै आर्थिक अनियमितता भएको भन्दै तालाबन्दी गरेपछी झनै आसङ्का बढेकाले सत्यतथ्य चानबिन गरिनुपर्ने एमाले नगर कमिटी अध्यक्ष धर्मराज भट्टले बताए। कुनै ब्याक्ति लक्षित नगरी साझा धारणा बमोजिम पालिकाको विषयमा चासो राख्दै छानबिनको माग गरिएको एमाले नगर इन्चार्ज एवं प्रदेश कमिटी सदस्य धर्मानन्द भट्टले बताए।
आर्थिक चलखेल र अनियमितताको आसङ्का पैदा भएकाले यस विषयमा सबैको चासो रहनु पर्ने भाट्टले बताए।

ज्ञापन पत्र बुझाउनको लागि नेकपा एमाले पाटन नगर कमिटीका इन्चार्ज धर्मानन्द भट्ट, नगर अध्यक्ष धर्मराज भट्ट, वडा न ४ का वडा अध्यक्ष दिपक बिष्ट, नेकपा एमाले पाटनका नगर उपसचिव महेस पन्त उपस्थित थिए।

Leave A Reply

Your email address will not be published.