बैतडी: डिभिजन वन कार्यालय बैतडीको नर्सरीमा विभिन्न प्रजातिका ७५ हजार उत्पादन गरिएका छन्।
विभिन्न जडीबुटी र काठजन्य प्रजातिका ७५ हजार बिरुवा नर्सरीमा उत्पादन गरिएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरतप्रसाद भट्टले बताए। वन कार्यालयको हाताभित्र रहेको नर्सरीमा हरेक बर्ष बिरुवा उत्पादन गरिँदै आएको छ।
गत आर्थिक बर्षमा नर्सरीमा राखिएका विभिन्न प्रजातिका ७५ हजार बिरुवा रोप्न लायक भएका भट्टले बताए। विभिन्न समूह र किसानहरुलाई निशुल्क रुपमा डिभिजन वन कार्यालयले विरुवा उपलब्ध गराउँदै आएको भट्टले बताए।
डिभिजन वन कार्यालयको नर्सरीमा तिमुर, तेजपात, कपुर, लप्सी, श्रीखण्ड, बेल, सेतक चिनी, अमला, चाप, रीठा, देवदार, अम्बा, बडहर लगायतका बिरुवा उपलब्ध रहेका डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन जोशीले बताए। यो बर्ष अहिलेसम्म ४० हजार बिरुवा जिल्लाका विभिन्न ठाउँमा वितरण भइसकेका छन्।
बिरुवा रोप्न इच्छुक व्यक्ति र समूहलाई मागको आधारमा बिरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयले जनाएको छ।