डडेलधुराकी एक सुत्केरीको ज्यान गएको छ। परशुराम नगरपालिका–७ साँदनीका सुरेश भट्टकी २७ वर्षीया श्रीमती भुवनी पाण्डेय भट्टको उपचारको क्रममा निधन भएको हो।
बुधबार स्थानीय साँदनी स्वास्थ्य चौकीमा उनले शिशुलाई जन्म दिएकी थिइन्। सुत्केरी भट्टको सालनाल नआउने र अत्यधिक रक्तश्राव हुने समस्यापछि भुवनीलाई धनगढीका सेती प्रादेशिक अस्पताल लगिएको थियो।
उनको उपचारको क्रममा बिहीबार सेती प्रादेशिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले बताए। प्रहरीका अनुसार शिशुको अवस्था सामान्य छ।