पञ्चेश्वर –३ स्थित कुलाउ स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई सम्पन्न

बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिका–३ स्थित कुलाउ स्वास्थ्य चौकीले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । विहिबार स्वास्थ्य चौकीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गत आर्थिक वर्षमा स्वास्थ्य चौकीबाट सेवा प्रवाह भएको प्रगति विवरण सार्वजनिक गरिएकोे स्वास्थ्य चौकी इन्चार्ज दिनेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष मीन बहादुर चन्दको सभाध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका, वडास्तरीय महिला सञ्जालका पदाधिकारी, खोप समन्वय समितिका पदाधिकारी, सेवा क्षेत्रभित्रका विद्यालयका शिक्षक लगायतका विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै स्वास्थ्य चौकी संञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मीन बहादुर चन्दले सिमित सेवा सुविधाका बावजुद पनि यस स्वास्थ्य चौकीले उत्कृष्ट सेवा दिईरहेको भन्दै स्वास्थ्यकर्मीको प्रशंशा गरेका छन।

कुलाउ स्वास्थ्य चौकी वडा नं १ र २ को पायक पर्ने स्थानमा भएकाले पनि यस स्वास्थ्य चौकीले अधिकांस नागरिकलाई सेवा दिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै यस स्वास्थ्य चौकीले ३७४७ जनालाई स्वास्थ्य सेवा दिएको छ ।

कुलाउ स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमा कार्यरत उत्कृष्ट एक जना कर्मचारीलाई सम्मान गरेको छ । गत बर्षको कार्यसम्पादनका आधारमा स्वास्थ्यचौकीमा कार्यरत अ.हे.व.भगवती सार्की रहेका छन ।उनलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज दिनेश प्रसाद तिवारीले बताउनुभयो ।

यस्तै स्वास्थ्यचौकीको सेवा क्षेत्रभित्र रहेका १२ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुले आधारभूत स्वास्थ्य सेवा प्रदानमा खेलेको भूमिकाको प्रशांसा गर्दै उनीहरुलाई समेत सम्मान गरिएको छ ।सम्मानपत्र र दोसल्ला ओढाएर महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको स्वास्थ्यचौकी प्रमुख तिवारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.