विशालपुर स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई सम्पन्न

बैतडी–बैतडीको मेलौली नगरपालिका–९ स्थित विशालपुर स्वास्थ्य चौकीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवंम् मेलौली नगरपालिका वडा नं ९ का वडा अध्यक्ष लोक राज भट्टको अध्यक्षता र अन्य सरोकारवालाहरुको उपस्थितीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

विशालपर स्वास्थ्य चौकीकोे सेवा क्षेत्रभित्र मातृ स्वास्थ्य सेवा, नवजात शिशु सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन सेवा लगायतका सेवाहरु प्रदान गरिएका स्वास्थ्य चौकी प्रमुख नवराज सिंह नायकले बताउनुभयो ।

यस्तै किशोरीहरुका लागि विद्यालयमै गएर आइरन चक्की वितरण लगायत विभिन्न जानकारीमूलक कार्यक्रम समेत सञ्चालन गरिएको उनले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.