आज गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो वर्षा

गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा ठूलो पानी परेको छ। कास्की, गोरखा, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको हो। अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको छ।

काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।

Leave A Reply

Your email address will not be published.