आज बागमती र कर्णालीको पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहनेछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ।
आज बागमती र कर्णालीसहित गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा तथा अन्य प्रदेशको तराइका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णालीका एकरदुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसमविद्ले बताएका छन्। कतै कतै हावाहुरीको पनि सम्भावना छ। गएराति रुकुम र जाजरकोटमा सबैभन्दा धेरै ५४.६ मिलिमिटर वर्षा मापन भएको छ।