सुनको भाउ आज तोलामा एकैदिन दुई हजार तीन सय रुपैयाँले बढेको छ। भाउ बढेको दिन आज सुन तोलाको एक लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रवार सुनको भाउ तोलाको एक लाख ९५ हजार दुई सय रुपैयाँ थियो।
त्यस्तै चाँदीको भाउ पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर चाँदी आज दुई हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अस्ति चाँदीको भाउ तोलाको दुई हजार तीन सय १० रुपैयाँ थियो।