आज सुदूरपश्चिमलगायत पहाडी भागमा मध्यम वर्षाको सम्भावना

आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भाग तथा तराईका १र२ ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो।

महाशाखाका अनुसार आज देशभर कतै पनि ठूलो पानी पर्ने सम्भावना छैन। राति कोशी, बागमती, गण्डकी र मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज ठूलो पानी नपरे पनि भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.