रवि लामिछानेको निर्देशनपछि रास्वपाका सांसदले राजीनामा दिंदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदबाट राजीनामा दिने भएका छन्। पार्टी सभापति रवि लामिछानेको निर्देशनपछि उनीहरुले आजै राजीनामा दिन लागेका हुन्।

लामिछानेले सोमबार नख्खु कारागारबाटै अपिल जारी गरी राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए।

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गरिरहेको आन्दोलनलाई रास्वपाले ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेको थियो।

Leave A Reply

Your email address will not be published.