नेपाली कांग्रेस कार्यालयमा आगजनी

सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ। जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन्।

जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका छन्। लगत्तै आज बिहानबाटै प्रदर्शन झनै चर्को बन्दै गइरहेको छ।

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन्।

Leave A Reply

Your email address will not be published.