बैतडीको खोडपेमा प्रदर्शनकारीहरुले सडक चक्काजाम गरेका छन्। देशभर चलीरहेको जेनजीको आन्दोलनलाई समर्थन गर्दै यहाँ पनि प्रदर्शन गरिएको हो।
खोडपेको बजारमा टायर बालेर सडक बन्द नै गरेका हुन्। यहाँका प्रदर्शनकारीहरुले मान्छे मार्न पाइदैन, भ्रष्टाचार गर्न पाइदैन, लगायतका नारा लगाइरहेका छन्।
यस प्रदर्शनलाई निरन्तर जारी राख्ने प्रदर्शनका सहभागिहरुले बताएका छन्।