प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पत्र पठाएका हुन्।
राजीनामासँगै उनलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बालुवाटारमा पुगेको छ। जेन जीहरूको आन्दोलनले उग्र रुप लिएसँगै अवस्था नियन्त्रणबाहिर गएपछि ओलीको राजीनामा आएको हो।