कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। गएराति सिन्धुपाल्चोकको चौतारा, तनहुँको देवघाट, सुनसरीको चतरालगायतका क्षेत्रमा मध्यम वर्षा भएको छ। चौतारामा पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ४४।२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै देवघाटमा ३३।८ मिलिमिटर र चतरामा १६।४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी र बागमती प्रदेशका पहाडी थोरै ठाउँ तथा गण्डकी र कर्णाली प्रदेशको एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ। काठमाण्डौ उपत्यकामा पनि हल्का वर्षा भैरहेको छ। आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। पहाडी भागका केही तथा तराइका थोेरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने सम्भावना छ। आज राति पनि देशभरको मौसम साधारणतया बदली रहने र कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँ र बाँकी पहाडी तथा तराइ भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। राति एकरदुई ठाउँमा ठूलो पानी पर्नसक्ने महाशाखाको अनुमान छ।