सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ। सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ। हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।
आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ। चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो।