लगातार चार दिनदेखि बढेको सुनको भाउ आज भने घटेको छ। सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर तोलाको दुई लाख २१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो।
आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ तोलाको दुई हजार सात सय रुपैयाँ थियो।