एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक : ८३ हजार विद्यार्थी उत्तीर्ण

माध्यमिक शिक्षा परीक्षा ९एसईई० पूरक परीक्षाको नतिजा आज सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहान प्रकाशित गरेको नतिजा अनुसार ८३ हजार पाँच सय ६४ जना परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन्।

यस्तै परीक्षामा सहभागी भएका एक लाख ४३ हजार दुई सय ५७ परीक्षार्थीमध्ये ५९ हजार ६ सय ९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो। एसईईको पूरक परीक्षा गएको साउन २९ देखि भदौ ६ गतेसम्म चलेको थियो।

Leave A Reply

Your email address will not be published.