बडादशैँ : आज देवी कात्यायनीको पूजाआराधना गरीदैँ

बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ। अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ। आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ।

नवरात्रको पहिलो दिन गएको सोमवार असोज ६ गते दशैँ घर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। दोस्रो दिन मङ्गलवार ब्रह्मचारिणी देवी, तेस्रो दिन बुधवार चन्द्रघण्टा, चौथो र पाँचौ दिन कुष्माण्डा देवीको, हिजो स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको थियो।

नवरात्र भनिने दुर्गा आराधनाको पर्व यसवर्ष भने १० रात्र र ११ दिनको हुन पुगेको छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ।

Leave A Reply

Your email address will not be published.