नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। यो खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा ८ बजे शुरू हुनेछ। यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो। वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो। तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ। शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ।