आजको मौसम कस्तो रहला

काठमाडौँ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको प्रभाव देखिएको छ।प्रदेशका धेरै स्थानमा बादल लाग्ने र कतिपय स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

विशेषगरी पहाडी जिल्लाहरूमा पहिरो र बाढीको जोखिम उच्च रहने भएकाले सतर्क रहन आग्रह गरिएको छ।तराईका भागमा पनि निरन्तर झरी पर्ने भएकाले नदी(नालामा पानीको बहाव बढ्न सक्ने अनुमान छ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षाको असर देखिएको छ राजधानी काठमाडौँमा रातभर निरन्तर झरी परेपछि खोलानालामा पानीको बहाव बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा, लुम्बिनी प्रदेशका तराई भूभागका एक(दुई स्थानमा भारी वर्षा हुने र मधेश, बागमती तथा गण्डकी प्रदेशका केही भूभागमा धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।

Leave A Reply

Your email address will not be published.