आजको मौसम कस्तो रहला ?

काठमाडौँ- सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको प्रभाव देखिएको छ। गण्डकी प्रदेशमा पनि यसको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको असरस्वरूप सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यतया बदली भएको छ। बाँकी पहाडी भू-भागमाआंशिक बदली रही तराई क्षेत्र मुख्यतः सफा रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली, लुम्बिनी र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भागहरूमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही कतैकतै हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

Leave A Reply

Your email address will not be published.