नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाउनुभएको छ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको हो।
आजको बैठकको शुरुआतमा सभापति देउवाले सम्बोधन गरेपछि बैठक यही असोज ३० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।