आज देशभरको मौसम सफा छ। कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा नै रहने अनुमान छ। आज राति पनि देशभरको मौसम सफा रहनेछ।