बैतडी : मेलौली नगरपालिका–०७ ले खेलाडीहरुलाई सम्मान गरेको छ। मेलौली नगरपालिका–०८ कोटिगाँउमा सम्पन्न नगरस्तरीय शुभकामना कप भलिबल प्रतियोगितामा उपबिजेता भएका खेलाडीहरुलाई सम्मान गरिएको हो।
आईतबार वडाले एक कार्यक्रमको आयोजना गरि आफ्ना वडाको तर्फबाट सहभागि हुने खेलाडीहरुलाई सम्मान गरेको वडाध्यक्ष रामचन्द्र भट्टले बताउनुभयो। खादामाला सहित खेलाडीहरुलाई हौसला स्वरुप सम्मान गरिएको वडाध्यक्ष भट्टले बताउनुभयो।
खेलाडीहरुले राम्रो प्रर्दशन गरेको र आउदा दिनहरुमा पनि हौसला मिलोस भन्ने उदेश्यका साथ सम्मान गरिएको जनाईएको छ। प्रतियोगिताको बिजेता वडा न ३ को टिम भएको थियो। यसैगरी ७ नम्बरको उपबिजेता, वडा न ५ को तेस्रो र आयोजक वडा चौथौं भएको थियो।
प्रतियोगितामा बिजेता हुने वडाले ५५ हजार ५५५ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको उप–बिजेताले ३३ हजार ३३३ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र, तेस्रो हुने वडाले २२ हजार २२२ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक वडाले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट र अनुशासित खेलाडीलाई समेत २ हजार २२२ रुपैया प्रदान गरिएको हो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने हेतुका साथ भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा ७ वडाले सहभागिता जनाएका थिए।