विपीन जोशीको आज अन्त्येष्टि

कञ्चनपुर– कञ्चनपुरका विपीन जोशीको आज अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिकाबाट बिहान शवयात्रा गरी महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो । विपीनको शवलाई सशस्त्र प्रहरी बल नेपालको एक टुकुडीले सलामी अर्पण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

शवयात्रामा पालिकाका जनप्रतिनिधि, प्रशासनिक निकाय र सुरक्षा निकायका पदाधिकारीका साथै सयौँ स्थानीयबासीन्दा सहभागी भए । कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा इजरायल पुगेका जोशी बन्धक भएकोमा गएको असोज २७ गते इजरायली अधिकारीले ज्यान गएको पुष्टि गरेका थिए ।

हमासको आक्रमणमा विपीनसँगै सुदूरपश्चिमका आठ विद्यार्थीले ज्यान गुमाए । जोशीको शव इजरायलबाट हिजो काठमाण्डौ ल्याई कञ्चनपुरमा रहेको घरमा पुर्‍याइएको थियो ।

Leave A Reply

Your email address will not be published.