आजको मौसम कस्तो रहला ?

काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी एक-दुई ठाउँमा हल्का वर्षा र उच्च हिमाली एक-दुई ठाउँमा हिमपातको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ । देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आजराति सबै प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.