सुनचाँदीको भाउ आज सामान्य बढेको छ। सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख ३८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाउ तोलाको दुई लाख ३७ हजार आठ सय रुपैयाँ थियो।
यस्तै चाँदीको भाउ पनि केही बढेको छ। आज चाँदीको भाउ तोलाको १० रुपैयाँले बढेर तोलाको तीन हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको भाउ तोलाको तीन हजार १० रुपैयाँ थियो।