आज कोशी र गण्डकी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ। देशका अरू धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागमा मौसम बदलीको अवस्था छ। आज दिउँसोपछि कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकरदुई ठाँउमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अहिले देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ। आजराति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने अनुमान छ।