आज देशभरको मौसम सफा रहने

आज पनि देशभरको मौसम सफा छ। देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ। आज राति देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.