बैतडी : मेलौलीका एकजना शिक्षकको ३७ वर्षे शिक्षण पेसासगैं विदाई गरिएको छ। शितलपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका–०१ का प्रधानाध्यापक धनसिंह नायकको विदाई गरिएको हो।
३७ वर्ष शिक्षण पेसामा सेवा गरेका नायकको अनिवार्य अवकाससगैं विदाई गरिएको शिक्षक नरेशसिंह नेगिले जानकारी दिनुभयो। मेलौली नगरपालिका–०१ कै बासिन्दा रहेका नायकको विद्यालयले एक कार्यक्रमको आयोजना गरि बिहीवार विदाई गरेको उहाँले बताउनुभयो।
विद्यालयको शैक्षिक प्रगतीमा महत्वपूर्ण भुमिका खेलेका नायकको विदाई कार्यक्रमसगैँ फुलमाला अबिर र खादा ओढाई सम्मान गरिएको जनाईएको छ। नायकको बिदाईमा सबै भावुक बनेका थिए। विदाई समारोहमा बोल्दै शिक्षक नायकले आफ्नो सेवा अवकाससगैं विद्यालयलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा साथ सहयोग गरिरहने बताएका थिए।