बैतडीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा सम्पन्न

बैतडी सदरमुकाम गोठलापानीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सम्पन्न भएको छ।

विभिन्न बाम घटकहरुबीच एकता भएर नेपाली कम्युनिष्ट पार्टीको गठन भएपछि पार्टीको एकताका बिषयमा आम नागरिक र कार्यकर्तालाई जानकारी गराउन एकता सन्देश सभाको आयोजना गरिएको नेकपा बैतडीका नेता शंकर भण्डारीले जानकारी दिए। नेपाली कम्युनिष्ट पार्टीको नीति,सिद्धान्त र औचित्यका बिषयमा आम नागरिकलाई जानकारी गराउन सन्देश सभाको आयोजना गरिएको भण्डारीले बताए।

विभिन्न कम्युनिष्ट पार्टीहरुबीच एकता भएपछि शक्ति प्रदर्शनको रुपमा समेत नेकपाले एकता सन्देश सभाको आयोजना गर्दै आएको छ। सुदूरपश्चिमका सबै जिल्लाहरुमा एकता सन्देश सभाको आयोजना गर्ने क्रममा आज बैतडीमा सन्देश सभा सम्पन्न गरिएको भण्डारीले बताए।

सन्देश सभामा नेकपाका बरिष्ठ नेता भीम रावल, भानुभक्त जोशी, प्रकाश शाह, खगराज भट्ट, शेरबहादुर कुँवर, परमानन्द भट्ट, नरेन्द्र कुँवर, प्रेमप्रकाश भट्ट लगायतको सहभागिता रहेको थियो  सन्देश सभामा बोल्दै नेताहरुले नागरिकको विकास र परिवर्तनको चाहनालाई पूरा गर्न नेपाली कम्युनिष्ट पार्टी गठन भएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.