देउडा गायक चन्दको “लैजा रुमाल” भिडियोसहित सार्वजनीक

बैतडी: देउडा गायक बिरेन्द्र चन्दको नयाँ देउडा गित “लैजा रुमाल” भिडियोसहित सार्वजनीक भएको छ। माधव बिष्ट युटूब च्यानलबाट गित सार्वजनीक भएको हो।

गितमा गायक चन्द र चर्चित देउडा गायिका गौरी भट्टको स्वर रहेको छ। गितको लय तथा संगित माधव बिष्ट (श्रीकोटी)को रहेको गायक चन्दले बताउनुभयो।

एमबिडि रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गितलाई दिपक संगम विसीले एरेन्ज गर्नुभएको छ। गितको भिडियोमा माधव बिष्ट, राम नाथ, दिपेन्द्र नाथ, अनिता भट्ट, सरस्वती धामि, कविता कुवर खड्का, स्मृति नाथ र स्वस्तीका नाथले सुन्दर अभिनय गर्नुभएको छ।

माधव बिष्ट (श्रीकोटी)को निर्देशनमा तयार भएको भिडियोलाई पिआर जोशीले एडिट गर्नुभएको गायक चन्दले बताउनुभयो। गितभिडियोलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक चन्दले आग्रह गर्नुभएको छ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुस्।

Leave A Reply

Your email address will not be published.