बैतडीः पञ्चेश्वर गाउँपालिकास्तरीय राष्ट्रपति शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। पञ्चेश्वर गाउँपालिका–०५ धिरमोडामा रहेको देवथला खेल मैदानमा सञ्चालन भएको चौथो स्थानीयतह गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज सम्पन्न भएको हो।
प्रतियोगिताको उपाधी जवलपुर माध्यमिक विद्यालय सैलोडाले जितेको छ। ८ स्वर्ण, ११ रजत र ८ कास्यपदकका साथ जवलपुर माध्यमिक विद्यालय सैलोडा बिजेता बनेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।
यसैगरी ७ स्वर्ण, ५ रजत, ८ कास्यपदक जित्दै सोमेश्वर माध्यमिक विद्यालय द्धित्तीय र ७ स्वर्ण, ५ रजत र ४ कास्यपदक जित्दै कुलाउ माध्यमिक विद्यालय कुलाउ तृतीय भएको जनाईएको छ। दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दको प्रमुख आतिथ्यमा प्रतियोगितामो समापन गरिएको विद्यालय निरिक्ष माहामलसिह घटालले जानकारी दिनुभयो।
प्रतियोगितामा ९ विद्यालयहरु सहभागि भएका भएका थिए। प्रतियोगितामा सहभागि सबै विद्यालयले राम्रो प्रदर्शन गरेकाले सबैलाई धन्यबादसहित आगामी दिनको समेत गाउँपालिका उपाध्यक्ष बिना भट्टले शुभकामना दिनुभएको छ।
प्रतियोगिताको मुख्य व्यवस्थापक नागाचर्न माध्यमिक विद्यालय रहेको थियो। सह व्यवस्थापकको जिम्मेवारी जयपुर माध्यमिक विद्यालय, आमपुर माध्यमिक विद्यालय र माहाकाली आधारभुत विद्यालयले लिएका थिए।
प्रतियोगितामा सहभागि सम्पूर्ण विद्यालयको नतिजा!
