बैतडीको मेलौलीमा तिनदिन स्थानिय विदा

बैतडी : मेलौली नगरपालिकाले तिनदिन स्थानीय विदा दिएको छ। नगरपालिकाले सञ्चालन गर्ने नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको अवसरमा तिनदिन स्थानीय विदा दिएको हो।

माघ १३ गतेदेखी १५ गतेसम्म मेलौलीको नगर स्टेडियममा सञ्चालन हुने प्रतियोगिताको अवधिभर स्थानिय विदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताउनुभयो। प्रतियोगिताको अवधिभर नगरपालिकाभरीका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विदा रहने उहाँले जानकारी दिनुभयो।

प्रतियोगिताको माघ १३ गते बिहान ९ बजे उद्घाटन गरिने जनाईएको छ।

May be an image of text

Leave A Reply

Your email address will not be published.