जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण

बैतडी: मेलौली नगरपालिका–०९ असुर डाफेपिपलका चेतराम नेपालीले शैक्षिक सामग्री वितरण गरेका छन। वडा सदस्य समेत रहेका नेपालीले आईतबार आफ्ना नाति शेरराम नेपालीको जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण गरेका हुन।

गाउँमै रहेको शिव आधारभुत विद्यालयका ११० जना गरिब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको नेपालीले बताउनुभयो। विद्यालयमै पुगेर नेपालीले शैक्षिक सामग्री वितरण गर्नुभएको विद्यालयले जनाएको छ।

जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक सामग्री वितरण गरेको नेपालीले बताएका छन। विद्यार्थीहरुमा सकारात्मक सोचको विकास हुने आर्थीक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पढाईमा सहज हुने भएकाले शैक्षिक सामग्री वितरण गरिएको बताउनुभयो।

विद्यालयमै आएर शैक्षिक सामग्री वितरण गरेकोमा नेपालीलाई विद्यालयले धन्यबाद ज्ञापन गरेको छ।

Leave A Reply

Your email address will not be published.