बैतडी : मेलौली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मणिलेक माध्यमिक विद्यालयले उचालेको छ। ११ स्वर्ण, १० रजत, ३ कास्य पदकसहित मणिलेक मावि काँडाले उपाधी हात पारेको हो।
यसैगरी बिशालपुर माध्यमिक विद्यालय उपबिजेता बनेको छ। ७ स्वर्ण, ७ रजत र ३ कास्य पदकसहित बिशालपुर माध्यमिक विद्यालय मेलौली नगरपालिका-०९ उपबिजेता बनेको नगर खेलकुद विकास समिति अध्यक्ष शंकरसिह भण्डारीले बताउनुभयो।
प्रतियोगिताको तेस्रो भरतपुर माध्यमिक विद्यालय गाउँकोट भएको छ। ४ स्वर्ण र १ कास्य पदकसहित भरतपुर माध्यमिक विद्यालय तेस्रो भएको जनाईएको छ। मंगलबारबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो।
मेलौली नगरपालिका–०१ मा रहेको नगर स्टेडीयम बिठ्ठने खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको थियो।