बैतडी : शिवनाथ गाउँपालिका–०५ लामाखालिमा रहेको शिवपूर्ण माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। सोमबार एक कार्यक्रमका बिच ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिह धनाडीको सभाध्यक्षता तथा शिवनाथ गाउँपालिका वडा न ५ का वडाध्यक्ष केशब चन्दको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक सुरत बहादुर चन्दले बताउनुभयो। यसैगरी जिम्मेश्वर आधारभुत विद्यालयका प्रधानाध्यापक अर्जुनसिह धनाडी र सोमेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बहादुर चन्द बिशिस्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक चन्दले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक चन्दले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा मनाईएको जानकारी दिनुभएको छ। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।