मकर सक्रान्ती कप सम्पन्नः थालिगडाले उचाल्यो उपाधी

बैतडी : मेलौली नगरपालिका–०५ सञ्चालित मा मकर सक्रान्ती कप सम्पन्न भएको छ। दुर्गा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालित ९ ओैं मकर सक्रान्ती कप अन्तर वडास्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।

प्रतियोगिताको उपाधी दशरथचन्द नगरपालिका वडा न ६ को टिम थालिगडाले हात पारेको छ। यसैगरी मेलौली नगरपालिका वडा न ३ उपबिजेता बनेको छ। मेलौली नगरपालिका वडा न ४ तितावैले भने तेस्रो भएको आयोजक माहारूद्र स्पोर्टस क्लबका सचिव दिपक दमाईले बताउनुभयो।

प्रतियोगिताको बिजेताले ३३ हजार ३३३, उपबिजेताले १५ हजार ५५५, तृतीयले १० हजार १११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। यसैगरी उत्कृष्ट खेलाडीले २ हजार ५००, अनुशासित खेलाडीले २ हजार २००, बेष्ट स्पाईकरले ५००, बेष्ट सेटरले ५००, बेष्ट ब्लकरले ५००, बेष्ट सर्भरले ५०० र बेष्ट डिफेन्सरले ५०० सहित प्रमाणपत्र प्रदान गरिएको जनाईएको छ।

प्रतियोगितामा १६ टिम सहभागी भएका थिए। आयोजक माहारूद्र स्पोर्टस क्लबका अध्यक्ष रमेशसिह पुजाराको अध्यक्षता र शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिह साउँदको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन गरिएको जनाईएको छ।

समापन समारोहमा मेलौली नगरपालिका–०७ का वडाध्यक्ष रामचन्द्र भट्ट, ८ का अध्यक्ष तपेन्द्रसिह बिष्ट र ९ का वडाध्यक्ष लोकराज भट्ट, दुर्गा माध्यमिक विद्यालय खलिगाडका शिक्षक अभिभावक संघका अध्यक्ष उद्वव बहादुर चन्द बिशिष्ट अतिथि रहनुभएको थियो। यसैगरी वडा न ५ का कार्यबहाक वडाध्यक्ष प्रेम बहादुर चन्द, वडासदस्य गोरखसिह साउँद, मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष शंकर भणरी (सागर), ईलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज नरेन्द्र बहादुर चन्द, दुर्गा माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिह पुजारा, विद्यालयका प्रधानाध्यापक पदमराज जोशी र निवर्तमान वडासदस्य उद्धब बहादुर चन्द ् सञ्चारकर्मी लगायत स्थानीयहरु उपस्थिति रहको थियो।

प्रतियोगिता शान्तीपूर्ण वाताबरणमा सम्पन्न भएको महारुद्र स्पोटर्स क्लवका सल्लाहाकार प्रेम बहादुर चन्दले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.