बैतडीको शिवनाथमा पिपिआर रोग बिरुद्धको खोप सञ्चालन हुने

बैतडीको शिवनाथमा बाख्रामा देखिने पिपिआर रोग बिरुद्धको खोप सञ्चालन हुने भएको छ। शिवनाथ गाउँपालिकाको समन्वय र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीको आर्थिक तथा प्राविधीक सहकार्यमा खोप सञ्चालन हुने भएको हो।

खोप यहि माघ २१ गते देखी २९ गतेसम्म सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिह महताले बताउनुभयो। खोप अभियान गाउपालिकाको वडा न। १ बाहेकका सबै वडामा सञ्चालन गरिने जनाईएको छ।

वडा न। २ मा यहि माघ २१ गते, वडा न। ३ मा २२ गते, वडा न।४ मा २३, २४ गते, वडा न। ५ मा २५, २६, २७ गते र वडा न।६ मा २८ गते सञ्चालन गरिने पशु शाखा प्राविधिक प्रकाश सिंह साउँदले बताउनुभयो।

छुटेका बस्तीमा यहि माघ २९ गते खोप अभियान सञ्चालन हुने बताईएको छ।

Leave A Reply

Your email address will not be published.